महेन्द्र क्याम्पसको आयोजनामा आजदेखि बीबीए कप फुटबल टुर्नामेन्ट, विजेताले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने
धरान।महेन्द्र बहुमुखी क्याम्पस धरानको आयोजनामा आज(मंगलबार) देखि बीबीए कप फुटबल टुर्नामेन्ट हुने भएको छ।
बीबीए कपको १५ औँ संस्करणमा कपमा १७ टिम सहभागी हुने क्याम्पसका प्रमुख दामोदर भण्डारीले जानकारी दिए ।
उनका अनुसार खेलाडीले खाना बस्न आफै व्यवस्था गर्नुपर्ने र खेलाउने मात्रै काम क्याम्पसले गर्ने बताए । खेलाडीको खाने बस्ने व्यवस्था सम्बन्धित क्याम्पसले गर्नुपर्छ ।...